१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

काठमाडौँको बौद्धमा होली खेल्दाखेल्दै छतबाट खसेर किशोरी गम्भीर घाइते

३ चैत, काठमाडौँ । काठमाडौँको बौद्धमा होली खेल्ने क्रममा घरकाे छतबाट खस्दा एक किशोरी गम्भीर घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् ।

कक्षा ११ मा अध्ययरत चौलागाईं होली खेल्न आफन्तकोमा गएकी थिइन् । दिउँसाे हाेली खेल्दैगर्दा घरको छतबाट खस्दा फलामको बारमा परेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : March 17, 2022 at 5:15 pm