७ असार २०८३, आइतबार | Sun Jun 21 2026

समाजवादीका २ जना कर्णाली प्रदेश सदस्यसहित दर्जन बढि नेता कार्यकर्ता एमाले प्रवेश

३ चैत, सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीका २ जना सदस्यसहित दर्जन बढि नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा (एमाले)को पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आज एमाले कर्णाली प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कंडेलले समाजवादीका कर्णाली प्रदेश सदस्य एवं वीरेन्द्रनगर १० का वडाअध्यक्ष रत्नबहादुर विसि, प्रदेश कमिटी सदस्य जागुराम चौधरी सहितको टोलीलाई प्रवेश गराएका हुन् ।

एमालेमा प्रवेश गर्नेहरुमा नेकपा एसकै जिल्ला कमिटी सदस्य विमला थापा, नगर युवा अध्यक्ष हरि विसी, नगर सदस्य चन्द्रबहादुर सुनार, भक्त आले, नगर सदस्य प्रविण शाही, मिनबहादुर थापा, दलित महिला सदस्य सुनिता चौधरी लगायत रहेका छन् ।

प्रकाशित मिति : March 17, 2022 at 1:17 pm