१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

खोलाले बगाउँदा एकको मृत्यु

२७ साउन,तुलसीपुर ।  तुलसीपुरमा ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीलार्इ खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको हो । चौधरीकाे शव आज फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार १३:०२