नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै, यस्ता छन एजेण्डा
२ चैत, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ससंदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठक नयाँबानेश्वरमा बस्दैछ । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसपछि एमालले संसदीय दलको बैठक बोलाएको हो । एमालेका लागि नियमित बैठक भए पनि संसदको अन्त्य गरिएको अधिवेशनका बारेमा गम्भीर समिक्षा हुने प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति : March 16, 2022 at 11:46 am







