१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नुवाकोट दुप्चेश्वरका राम पण्डितको शव ३५ मिटर गहिरो खोचबाट सशस्त्रको गोताखोरले निकाल्यो

२७ साउन, काठमाडाैँ । नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका ७ शिखरवेशीका राम पण्डितकाे शव  सशस्त्र प्रहरीको गोताखोर टाेलीले तादी नदीको ३५ मिटर गहिरो खोचबाट निकालेको छ । तादि नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका पण्डितको शव साउन २६ गते एपीएफ टोलीले निकालेको हो । साउन २४ गते शिखरबेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा १८ वर्षिय राम पण्डित नदिमा डुवेर बेपत्ता भएका थिए ।

सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा काभ्रे नम्बर १५ गणबाट खोजी कार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोली शुक्रबार त्यसतर्फ खटिई गएको थियो ।

शनिबार बिहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रलाद सिलुवालको कमाण्डमा खटिएको गोताखोर टोलीले घटनास्थलमा खोजी गर्ने क्रममा नदिको खोचबाट करीव ३५ मिटर भित्रबाट निज पण्डितको शव दिउँसो करीव सवा ४ बजे बाहिर निकाल्न सफल भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार ०९:०६