७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लोसपाका नेता एवं प्रदेशसभा सदस्य प्रल्हाद गिरी एमाले प्रवेश गर्ने, साइत जुराउन ओलीसँग भेट

३० फागुन, काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं मधेश प्रदेश सभा सदस्य प्रल्हाद गिरी नेकपा एमाले प्रवेश गर्ने भएका छन । मधेश प्रदेशमा रहेका जसपा र लोसपाका नेताहरू निरन्तर एमालेमा प्रवेश गरिरहेकै बीचमा सोमबार लोसपाका नेता एवं मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी प्रवेशको साइत जुराएका छन ।

गिरीले अन्य पाँच सय बढी नेता कार्यकर्ता लिएर पार्टी प्रवेश गराउने भएपछि त्यसको साइत जुराउन ओलीसँग भेट गरेका हुन । उनी मधेशका प्रभावशाली नेता मानिन्छन ।

उनीहरूको बीचमा अर्थपूर्ण कुराकानी भएको र त्यसको बारेमा चाँडैले जनताले थाहा पाउने नेकपा एमाले वीरगञ्ज महानगरकमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिएका छन । उनले गिरी एमालेकै पूर्व नेता भएको भन्दै एमाले प्रवेशको तयारी भएको जानकारी दिए ।

प्रकाशित मिति : March 14, 2022 at 5:48 pm