प्राविधिक समस्यालार्इ लोडसेडिङ नबुझ्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको अाग्रह
२६ साउन, काठमाडाैँ । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारण कहिलेकाही विधुत आपूर्ति बन्द भए पनि लोडसेडिङ नरहेको बताएका छन ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले एकै छिन विधुत आपूर्ति बन्द हुँदा पनि लोडसेडिङको नाममा गाली सुरु हुने गरेको भन्दै प्राविधिक समस्यालाई प्राविधिक रुपमै लिइदिन आग्रह गरे । विधुत आपूर्ति बन्द हुनुमा प्राधिकरणको मात्रै समस्या नरहेको भन्दै पोल सार्ने लगायतका कारणले अलिबढी समस्या हुने गरेको बताए ।
आफू प्राधिकरणको कार्यकारी निर्देशक भएपछि घाटामा रहेको संस्थालाई नाफा दिलाउन सफल भएको भन्दै समस्याहरु समाधान गर्दै अघि बढिरहेको जानकारी दिए ।
भिडियो हेर्नुहोस्
प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार १८:१४