२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

१८ औं एशियाली खेलकुद अबधिभर विद्यालय बन्द

२६ साउन, काठमाडाैँ । १८ औं एशियाली खेलकुद अबधिभर इण्डाेनेसयामा विद्यालय बन्द हुने भएको छ । इण्डोनेसियामा अगस्ट १८ देखि सेम्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकुदका लागि सरकारले विद्यालय बन्दको घोषणा गरिएको हो । राजधानी जाकार्तामा रहेका ७० वटा विद्यालयमा १५ दिन विदा दिइने भएको हो ।

प्रतियोगिताको समयमा ट्राफिक समस्या बढी हुने भएकाले ३१ हजार विद्यार्थीलाई घरमै बसेर कोर्स पूरा गर्न अाग्रह गरिएको छ । राजधानी जाकार्तामा बढ्दो सवारी चापका कारण खेलाडीहरुलाई समयमै पुग्न अप्ठेरो पर्ने भएकाले विद्यालय बन्द गरिएको र यसले ३० देखि ४० प्रतिशत ट्राफिक समस्या कम हुने छ ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार १७:०६