७ असार २०८३, आइतबार | Sun Jun 21 2026

रंगेलीका मेयर र उपमेयरसहित झण्डै ५ हजार नेता कार्यकर्ता एमालेमा प्रवेश

२५ फागुन, विराटनगर । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७१० जना पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् । एमाले प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।

प्रकाशित मिति : March 9, 2022 at 4:09 pm