२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कलैया उपमहानगरका वडाअध्यक्ष अख्तर अन्सारी १ हजार कार्यकर्तासहित एमाले प्रवेश गर्ने

२५ फागुन, काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष डाक्टर अख्तर आलम अन्सारी नेकपा एमालेका प्रवेश गरेका छन । बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर वडा अध्यक्ष अन्सारी एमाले प्रवेश गरेका हुन ।

अन्सारी गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले एक हजार कार्यकर्ता एमालेमा प्रवेश गराउने प्रतिवद्धता अध्यक्ष ओलीसँग राखेका छन ।

यही फागुन २८ गते एउटा बृहत कार्यक्रम नै गरेर अन्सारीसहित अन्य एक हजार जनालाइ एमालेमा स्वागत गरिने र उक्त कार्यक्रममा ओली जाने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार १४:०४