७ असार २०८३, आइतबार | Sun Jun 21 2026

अमेरिकाका र एमसीसीका विरूद्धमा लेखेका सबै स्टाटस मेटाउन माधव नेपालको निर्देशन

२५ फागुन, काठमाडौँ । सत्तारूढ दल नेकपा एकीकृत सामाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सरकार र एमसीसीबारेमा यसअघि फेसबुकमा लेखेका सबै नराम्रा स्टाटस मेटाउन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।

बुधबारदेखि काठमाडौँमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेपालले एमसीसी र अमेरिकी सरकारको बारेमा गलत टिप्पणी नगर्न निर्देशन दिएका हुन ।

उनले अब उप्रान्त एमसीसीविरुद्ध नबोल्न नेता कार्यकर्तालाई कडा निर्देशन समेत दिएका छन । माधव नेपालको पार्टीको समेत समर्थनमा गत फागुन १५ गते संसदबाट एमसीसी पारित भैसकेको छ । अध्यक्ष नेपालले पार्टीको निर्णय सबैलाई बाध्यकारी हुने भन्दै एमसीसीविरुद्ध लेखिएका स्टाटस मेटाउन भनेका छन ।

 

प्रकाशित मिति : March 9, 2022 at 1:25 pm