७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

२५ फागुन, काठमाडाैँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बिहान ११ बजे बस्ने बैठक भोलिसम्म सञ्चालन हुने प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए । बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। पोलिटब्युरो सदस्यको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ।

सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । २३ फागुनको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियाे ।

प्रकाशित मिति : March 9, 2022 at 10:19 am