७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमाले ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा सूर्य गुरुङ

२४ फागुन, काठमाडाैँ । नेकपा एमाले ओखलढुंगा– काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुर्य गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । मञ्चको १२ औं सम्मेलनबाट अध्यक्षमा गुरुङसहित ५१ सदस्य कमिटी सर्वसम्मत निर्वाचित भएका हुन् । मञ्चको उपाध्यक्षमा विनोद राई, सचिवमा रमेश खड्का, सहसचिवमा यमु दाहाल, दिपक दाहाललगायत ५१ सदस्य कमिटी गठन भएको नेकपा एमाले ओखलढुंगाका सचिव कमल न्यौपानेले बताए ।

सम्पर्क मञ्चका नवनिर्वाचित पदाधिकारीले मंगलबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवं पूर्वमन्त्री अम्बिरबाबु गुरुङको प्रमुख आतिथ्यतामा मञ्चका पदाधिकारीले सपथग्रहण गरेका हुन् । सपथग्रहण समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री गुरुङले सम्पर्क मञ्चको सकृयताले जिल्ला पार्टी बलियो बनाउन थप टेवा पुग्ने भएकाले संगठनात्मक रुपमा सकृयता बढाएर गतिविधि गर्न सुझाव दिएका छन् ।

जिल्लाबाट राजधानीमा आएर विभिन्न पेशा व्यवसायमा संलग्न नेता कार्यकर्ताको बलियो उपस्थिती रहने सम्पर्क मञ्च एमालेको महत्वपूर्ण फोरम मानिन्छ । मञ्चले पार्टी कमिटीका आन्तरिक गतिविधि र सेवाका अभियान चलाउँदै आएको छ ।

प्रकाशित मिति : March 8, 2022 at 7:53 pm