७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माओवादीको अर्को केन्द्रीय समिति बैठक जेठ २० मा

२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ । गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ। अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ । आजको बैठकमा प्रचण्डले एमसीसी बारे पछि छलफल गर्ने बताएका थिए ।

प्रकाशित मिति : March 7, 2022 at 6:43 pm