१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुआत

२६ साउन, काठमाडाैँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुआत गरेको छ । शनिबार राति घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको उदघाटन खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो । पउल पोग्बाको कप्तानीमा मैदान उत्रिएको म्यानचेस्टर युनाइटेडका लागि पोग्बाले यो सिजनको पहिलो गोलसमेत गरे ।

उनले तेस्रो मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलपछि प्रशिक्षक जोसे मोरिन्होले पोग्बाले म्यानचेस्टर युनाइटेडको कप्तानी सम्हालेको र गोल गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : August 11, 2018 at 9:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/