११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

शाइन रेसुंगा डेभलपमेण्ट बैंकको १ लाख ९९ हजार कित्ता शेयर बिक्रीमा

१९ फागुन, काठमाडाैँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले प्रुडेन्सिय क्यापिटल म्यानेजमेन्ट कम्पनी, संस्थापक शेयरधनी प्रतिमा अर्याल र धन बहादुर कार्कीको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

बैंकले प्रुडेन्सिय क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको १ लाख कित्ता र संस्थापक सेयरधनी प्रतिमा अर्यालको नाममा रहेको ४५ हजार ९९१ कित्ता शेयर बिक्रीमा राखेको हो । जसको मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, बैंकले प्रुडेन्सिय क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममै रहेको ५० हजार कित्ता र संस्थापक शेयरधनी धनबहादुरको नाममा रहेको ३ हजार २४३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । जसमा प्रुडेन्सिय क्यापिटलको प्रतिकित्ता २५० रुपैयाँ र धन बहादुर कार्कीको नाममा रहेको शेयरको मूल्य २०० रुपैयाँ तोकिएको छ ।

बैंकको उक्त संस्थापक शेयर खरिद गर्नको लासथ संस्थापक शेयरधनी नै हुनुपर्नेछ । किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बुटवल कालिकानगरमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक शेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १७:५८