मन्त्रिपरिषद् बैठक संसद् भवनमा बस्दै
१५ फागुन, काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ । सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ । गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ ।
प्रकाशित मिति : February 27, 2022 at 6:32 pm









