२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

एमसीको मतदानमा झलनाथ खनाल सहभागी नहुने

१५ फागुन, काठमाडौं । एमसीसी संसदबाट पारित गर्नका लागि आइतबार साँझ साढे ६ बजेपछि प्रतिनिधि सभाको अर्को बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी सम्झौता पारित गर्न मतदान हुनेछ ।

एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भाग नलिने भएका छन् । उनले मतदान प्रकृयामा आफू सहभागी नहुने बताएका छन् । आइतबार नै बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : February 27, 2022 at 6:34 pm