५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने नेकपा एसको निर्णय

१५ फागुन, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनको पक्षमा उभिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै अनुमोदनका पक्षमा उभिने निर्णय गरेको हो ।

नेकपा एसको स्थायी कमिटी बैठकपछि सचिव रामकुमारी झाँक्रीले गठबन्धनमा बनेको सहमतिअनुसार अगाडि जाने निर्णय भएको जानकारी दिइन् ।

आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

यसअघि नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो। आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ।

प्रकाशित मिति : February 27, 2022 at 2:56 pm