एमसीसी अनुमोदन गर्ने माओवादी निर्णयमा केही नेताको असहमति
१५ फागुन, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।
पार्टीको निर्णयपछि न्युज कारखानासँग कुरा गर्दै एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताए । एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ ।
सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले न्युज कारखानासँग बताए ।
प्रकाशित मिति : February 27, 2022 at 11:59 am









