५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा वार्ता जारी

१४ फागुन,  भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ। यसअघि अपराह्न ४ बजेदेखि बालकोटमै नेपाली कांग्रेस र नेकपा एमालेका दोस्रो तहका नेताहरूबीच छलफल भएको थियो ।

कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा एमालेबाट महासचिव शंकर पोखरेल, उपहासचिव विष्णु रिमाललगायत नेताबीचको छलफलपछि देउवा र ओली वार्तामा बसेका हुन् ।

प्रकाशित मिति : February 26, 2022 at 6:08 pm