प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
१३ फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी छन् ।

यथास्थितिमा एमसिसी पारित गर्न नसकिने भए पनि सत्तारूढ गठबन्धन जोगाउनु पनि अहिलेको आवश्यकता रहेको माओवादीको निष्कर्ष थियो। त्यसपछि उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।
प्रकाशित मिति : February 25, 2022 at 4:49 pm









