२० असार २०८३, शनिबार | Sat Jul 4 2026

सुनको मूल्य तोलामा एक हजारले घट्यो

१३ फागुन, काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलमा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ। बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : February 25, 2022 at 10:57 am