१३ जेष्ठ २०८१, आईतवार | Mon May 27 2024

सुनको मूल्य तोलामा एक हजारले घट्यो


१३ फागुन, काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलमा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ। बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १०:५७