हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
१३ फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ७५ पैसा र बिक्री दर १२१ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ १६ पैसा र बिक्री दर १३५ रुपैयाँ ८३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ सात पैसा र बिक्री दर १६२ रुपैयाँ ८८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६३ पैसा र बिक्री दर ८७ रुपैयाँ छ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६२ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ २० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया १८ पैसा र बिक्री दर ३२ रुपैयाँ ३४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ सात पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ तीन पैसा र बिक्री दर १० रुपैयाँ आठ पैसा कायम भएको छ ।
प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १०:५६