कांग्रेस र एमालेबीचको बैठक सकियो
१२ फागुन, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल सकिएको छ । बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहित बैठकमा काँग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एमसीसी पारित गर्ने विषयमा एक मत हुन नसकेपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको साथ खोजेर छलफल अगाडि बढाएका हुन् । दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो । साँझ पुन: दुई अध्यक्ष बैठकमा बस्ने सहमति गरेर छुटिएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सो बैठकमा एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष ओलीसँग प्रस्ताव राखेका थिए । ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका थिए ।
प्रकाशित मिति : February 24, 2022 at 9:06 pm









