संसद भवनमै कांग्रेस र एमालेको बीच छुट्टै छलफल, देउवा र ओली सहभागी
१२ फागुन, काठमाडाैँ । संसद भवनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको बीचमा छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवनमा भेटवार्ता भएको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा देउवा र ओलीबीच संवाद भइरहेको त्यसमा एमाले र कांग्रेसका नेताहरू सहभागी रहेका छन । छलफलमा एमालेबाट इश्वर पोखरेल, सुवास नेम्वाङ लगायत छन भने कांग्रेसबाट गगन थापा र ज्ञानेन्द्र कार्की लगायत रहेका छन ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्न सहयोग नगर्ने भएपछि देउवा–ओली संवादमा जुटेका हुन्।

प्रकाशित मिति : February 24, 2022 at 2:59 pm









