प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता हुँदै
१० फागुन, काठमाडाैँ । प्रधानमन्त्री शेरवहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुँदैछ ।
प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटार जान लागेका हुन् । उनिहरूबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्री देउवाले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका हुन् । यसअघि प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवाका साथ अध्यक्ष ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगेका थिए । आज अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीचको वार्तालाई विशेष महत्वका रुपमा हेरिएको छ ।
प्रकाशित मिति : February 22, 2022 at 6:57 pm









