१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पानी ट्याङकरको ठक्करबाट चोभारमा ५० वर्षीया वृद्धको मृत्यु

२४ साउन, काठमाडाैँ । कीर्तिपुरमा नगरपालिका–६ स्थित चोभारमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। सिमेन्ट फ्याक्ट्री अगाडि बिहीबार बिहान साँढे ८ बजे बा ४ ख ४५७१ नम्बरको पानी ट्याङकरले बा ८१ प ५३७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शी विनोद थापाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार कीर्तिपुर नगरपालिका–१ बाघभैरवकी ५० वर्षीया नानीमैयाँ महर्जनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने सकुशल छन्। ठक्कर दिने ट्याङ्कर चालकलाई महानगरीय प्रहरी वृत कीर्तिपुरले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १३:२१