१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कैलाली बजारको गुट्खा उद्योगमा सकेट बम विष्फोट

२४ साउन, कैलाली । कैलाली बजारको गुट्खा उद्योगमा अज्ञात समूले सकेट बम विष्फोट गराएको छ । बिहीबार विहान करिब ५ बजेको समयमा लम्कीचुहा नगरपालिका- १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगकाे  गेट नजिकै सकेट बम विष्फोट भएको हो ।

ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानीय त्रसित भएका छन् । विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य कुनै क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए । बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

उद्योग संचालक यज्ञबहादुर वलीले अहिलेसम्म कुनै व्यक्ति वा समूहबाट चन्दा लगायत आर्थिक सहयोगका लागि कुनै फोन वा पत्र केही पनि नआएको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १३:०२