६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

नेपाल बैंकका कर्मचारी र ग्राहकहरुले बि.एण्ड बि हस्पिटलमा उपचार गर्दा बिशेष छुट पाउने

९ फागुन, काठमाडाैँ । नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई काठमाडाैँको बि.एण्ड बि. हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक र वि एण्ड वि अस्पताल बीच साेमबार भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

बि.एण्ड बि. हस्पिटल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौता पत्रमा बि.एण्ड बि.हस्पिटलका तर्फबाट प्रा.डा.अशोक कुमार बांस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा हस्पिटलका संचालक प्रा. डा.अशोक कुमार बास्कोटाले बि.एण्ड बि. हस्पिटलले अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको जानकारी गराउदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशि भएको धारणा व्यक्त गरे ।

त्यसैगरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बि.एण्ड बि. हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटल प्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा बिशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटल प्रति आभार समेत व्यक्त गरे । साथै उनले यस बिशेष छुट सुबिधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु र ग्राहकहरुले लाभान्वित हुने विश्वास समेत ब्यक्त गरे ।

प्रकाशित मिति : February 21, 2022 at 8:56 pm