१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाली सेनाको कमाण्ड आजदेखि बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्दै

२४ साउन, काठमाडौँ । बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा आजदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित विशेष समारोहमा बलाधिकृत रथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन । बलाधिकृत रथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नेछन । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिएका थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार ०८:३५