१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अनुमति बिनै कक्षा सञ्चालन गर्ने विनाैद चाैधरीकाे स्कुल कारबाहीमा

२४ साउन, कावासोती । उद्योगपति बिनोद चौधरीले कानुन बिपरी सञ्चालन गरेको स्कुलको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्ने स्रोत ब्यक्तिलाई निर्देशन दिएको छ । बिभिनन समाचार माध्यममा कानुन, धज्जी उडाउदै बिनोद चौधरी भन्ने शिर्षकमा समाचार प्रकाशन भएपछि जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ नवलपरासी (बर्दघाट सुस्ता )पूर्बले यस्तो निर्देशन दिएको हो ।

मिति २०७५ साउन १८ देवचुली नगरपालिका स्रोतब्यक्ति दुर्गादत्त सापकोटालाई स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ नवलपरासी (बर्दघाट सुस्ता)पूर्बका ईकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलले जानकारी दिए । पत्रमा देबचुलि नगरपालिका भित्र रहेको चौधरी उद्योग ग्राम भित्र सञ्चालित बैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती बेगर कक्षा सञ्चालन गरेको र बिद्यार्थिको स्वास्थ्यलाई पत्यक्ष असर पर्ने बातावरणमा कक्षा सञ्चालन गरेको समाचार आएकोले स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्ने भनिएको छ ।

बिनोद चौधरी अध्यक्ष रहेको सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती भन्दा माथिलो कक्षा पनि सञ्चालन गरिरहेको छ । कक्षा ६ र ७ को मात्र अनुमति लिएको गुरुकुलले कानुनको धज्जी उडाउदै कक्षा ८ पनि संचालन गरेको छ ।

समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य समेत रहेका उद्योगपति बिनोद चौधरीले यसरी कानुनको धज्जी उडाउदै पंहुचको आधारमा स्कुल खोलेको स्थानियको आरोप छ । बिद्यालय क्षेत्रलाई शान्ति क्षेत्रकोरुपमा लिने गरीएको भएपनि नेपालका एक मात्र अरबपती बिनोद चौधरीले उत्पादन गर्ने बियर कम्पनी सगै यसरी बिद्यालय खोल्नु कानुन बिपरीत रहेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलले बताएका छन् । उनले भने, बियर उद्योगले बिद्यार्थीहरुमा असर पार्न हुदैन् त्यस्तो भए त्यो कानुन बिपरीत छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख पोख्रेलका अनुसार सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कक्षा ६ र ७ को मात्र अनुमती लिएकोले अन्य कक्षा सञ्चालन गर्ने नपाउने बताएका छन् ।

यता उक्त्त वैदिक कर्मकाण्ड गुरुकुलले भने कक्षा ६ देखि ८ कक्षा सम्म बिद्यार्थिहरुलाई अध्यापन गराउने गरेको सिजी शाश्वत धामका प्रबन्धक रामचन्द्र धितालले बताए । उनका अनुसार आफुहरुले कक्षा ८ सञ्चालनको लागी जिल्ला शिक्षा कार्यालय र नगर शिक्षा ईकाइमा निबेदन दिएको र उक्त्त शिक्षा शाखाका अधिकृतहरुले मौखिकरुपमा सञ्चालन गर्ने अनुमती दिएकाले कक्षा ८ पनि सञ्चालन गरेको बताएका छन् । जिल्ला शिक्षा ईकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले भने, मौखिक अनुमतीले कुनै पनि कक्षा सञ्चालन गर्न पाईदैन् । पोख्रेलका अनुसार सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कानुन बिपरीत धेरै कक्षा सञ्चालन गरेको पाईएमा र शिक्षा ऐन नमानेको पाईएमा सञ्चालित कक्षा र अन्य अनुमती समेत खारेज हुन सक्ने बताएका छन् ।

अनुगमन गर्न ढिलाई

उद्योगपति बिनोद चौधरीले कानुन बिपरी सञ्चालन गरेको स्कुलको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न खटाईएका स्रोत ब्यक्तिले अनुगमन गर्न ढिलाई गरेको देखिएको छ । मिति २०७५ साउन १८ देवचुली नगरपालिका स्रोतब्यक्ति दुर्गादत्त सापकोटालाई स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको भएपनि सापकोटाले अहिले सम्म अनुगमनको कुनै प्रकृया नचालेको देखिएको हो । उनि सरकारी काममा भन्दा पनि ब्यक्त्तिगत काममा पछिल्लो समय बढी खटिएको कारण उनले अनुगमन नगरेको स्रोतले जनाएको छ । यता नवलपरासी बर्दघाट सुस्ता पूर्बका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख कृष्ण चन्द्र पोख्रेललाई नै अनुगमनमा खटन आफुले निर्देशन दिएको बताएका छन् । नेपालले यो बिषयमा जतिसक्दो चाडो अनुगमन गरी प्रतिबेदन पेश गर्ने पोख्रेललाई निर्देशन दिएको बताएका छन् ।

भबिश्वर पाण्डे

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार ०८:३१