पत्रकार र शिक्षकलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘माओवादी प्रवेशको लहर चल्यो’
९ फागुन, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र शिक्षकलाई पार्टी प्रवेश गराउँदै माओवादी प्रवेशको लहर चलेको दाबी गरेका छन । सोमबार बिहान आफ्नै निवासको आगँनमा सुदुरपश्चिम प्रदेशका कांग्रेस निकटका पत्रकार र शिक्षकलाई माओवादीमा स्वागत गर्दै यस्तो बताएका हुन ।
दुरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट माओवादी प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ । त्यस्तै नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वर प्रसाद साह कानू पनि माओवादी प्रवेश गरेका छन ।
प्रकाशित मिति : February 21, 2022 at 11:36 am









