५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन : रामकुमारी झाँक्री

८ फागुन, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् । संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन् ।

एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो । तर, एमसीसीकै कारण नेकपा एस विभाजन नहुने भन्दै झाँक्रीले भनिन्, ‘ एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन ।’

प्रकाशित मिति : February 20, 2022 at 2:56 pm