१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तीन दिनदेखि सुत्केरी बेथाले च्यापेकी एक किशाेरीको हेलिकप्टरबाट उद्धार, खर्च सरकारले व्यहोर्ने

२३ साउन, काठमाडाैँ । सरकारले तीन दिनअघिबाट सुत्केरी बेथाले च्यापेकी एक किशोरीको उद्धार गरेको छ ।  रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका –६, को विकट गाउँ मयाङकी १९ वर्षीया मालिका नेपालीलाई हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको छ । पहिलो बच्चाको आमा बन्न लागेकी मालिकालाई तीन दिनअघिबाट सुत्केरी बेथा सुरु भए पनि बच्चा पैदामा समस्या भएको थियो ।

गाउँमा स्वास्थ्य संस्था समेत नभएर मृत्युसँग जुधिरहेकी मालिकालार्इ सरकारले नेपाली सेनाको हेलिक्प्टरबाट उद्धार गरेर गरिबका निम्ति पनि सरकार छ भन्ने सन्देश दिएको छ ।

रूकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार मालिकालार्इ नेपालगञ्ज पठाएको छ भने हेलिकप्टरको खर्च सरकारले नै व्यहोर्ने छ । मालिकाको परिवारको अार्थिक अवस्था कमजोर रहेका कारण खर्च सरकारले नै व्यहोर्ने निर्णय लिएको  प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार २०:३६