एमसिसीबारे निर्णय लिन समाजवादीको बैठक बस्दै, रामकुमारी लगायत एमसीसीको पक्षमा
७ फागुन, काठमाडाैँ । एमसिसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विराेधमा छन् ।
माओवादीले अहिलेकाे अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेकाे छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ । समाजवादीमा पनि एमसीसीको पक्षमा दुइथरी धारणा देखिएका छन ।
झलनाथ खनाल लगायतले कुनै पनि हालतमा एमसीसी स्वीकार गर्नुपर्ने बताएका छन भने सचिव एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारमा रहेका कारण प्रधानमन्त्रीको निर्णय बोक्नुपर्ने अवस्थामा रहेको भन्दै अनुमोदनका पक्षमा अभिव्यक्ति दिएकी छिन ।
आइतबार सत्ता गठबन्धनकाे बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएकाे छ ।
प्रकाशित मिति : February 19, 2022 at 9:39 am



