१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पूर्वमन्त्री विश्वकर्मा पक्राउको बिरोधमा विप्लव माअोवदीद्धारा भदाै २९ गते नेपाल बन्दको घोषणा

२३ साउन, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्ड  पक्राउको बिरोधमा विप्लव माअोवदीले भदाै २९ गते नेपाल बन्दको घोषणा गरेको छ । उसले तीन दिने संघर्षका कार्यक्रमको अन्तिम दिन नेपाल बन्दको घोषणा गरेको हो । प्रवक्ता विश्वकर्मालार्इ प्रहरीले हिजो राति पक्राउ गरेको थियो । नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंको नागढुंगाबाट प्रकाण्डलाई पक्राउ गरेको हो । पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका प्रकाण्डलाई काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने तयारी गरेको छ । उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए ।

माओवादी पार्टी विभाजनमा वैद्यसमूहमा लागेका उनी पछि विप्लवतिर लागेका थिए । पार्टीको बैठकमा सहभागी भएर राजधानी आउँदै गर्दा उनी नागढुंगाबाट समातिएका हुन् । यसैवीच प्रहरीले बुधबार बिहान कपनस्थित बिकको डेरामा छापा समेत मारेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १७:३२