५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा

४ फागुन, काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

सरकारले अघि बढाउन खोजेको एमसीसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : February 16, 2022 at 12:17 pm