५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमसिसीबारे निर्णय लिन माओवादी संसदीय दलकाे बैठक जारी

४ फागुन, काठमाडाैँ । सत्तारुढ नेकपा (माओवादी) केन्द्र संसदीय दलकाे बैठक सुरु भएकाे छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक भर्खरै सुरु भएको हाे ।

आज दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक आह्वान भएकाे छ । सरकारले संसदमा एमसिसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलकाे बैठक बाेलाएकाे हाे ।

माओवादीका जनवर्गीय संगठन अहिलेकाे अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दाेलनमा छन् । सभामुख अग्नि सापकाेटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाइसकेका छन् ।

प्रकाशित मिति : February 16, 2022 at 10:57 am