५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

वाह्य शक्तिको भक्तिगर्ने कांग्रेसको चरित्र एमसीसीमा फेरिएन : भिम रावल

३ फागुन, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेर वाह्य शक्तिको भक्ति गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको संसदी दल र कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै रावलले सामाजिक सञ्जालबाट यसअघिका धेरैवटा सम्झौतामा वाह्य शक्तिको भक्ति गरेको कांग्रेसको चरित्र नफेरिएको उनको आरोप छ ।

‘२००७ साल यता धेरै राजनीतिक उथलपुथल भएका छन्। जनतामा निकै जागरण र चेतना बढेको छ। तर सत्तास्वार्थमा १९५० को असमान सन्धिको समर्थन,कोशी, गण्डकी, महाकाली र कर्णाली सम्झौतामा वाह्य शक्तिको भक्ति गरिएको नेकांको चरित्र नफेरिएको राष्ट्रघाती प्रावधानसहित एमसीसी अनुमोदन गर्ने निर्णयले देखायो’ रावलले भनेका छन् ।

प्रकाशित मिति : February 15, 2022 at 8:17 pm