५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमसीसीबारे काँग्रेसको १२ बुँदे लिखित धारणा सार्वजनिक (पूर्णपाठसहित)

३ फागुन, काठमाडाैँ । सत्तारूढ दल नेपाली काँग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । काँग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित १२ बुँदे धारणा सार्वजनिक गरेको हो ।

एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको उल्लेख गर्दै नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको काँग्रेसको भनाइ छ ।

काँग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा व्याख्या गरेको छ । एमसीसी संसद्‌मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने काँग्रेसको जिकिर छ ।

यस्तो छ एमसीसीबारे कांग्रेसको आधिकारीक धारणाको पूर्णपाठ:

प्रकाशित मिति : February 15, 2022 at 7:00 pm