म्याद सकिएका भ्रातृ संगठन भंग गर्ने कांग्रेसकाे निर्णय
३ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।
प्रकाशित मिति : February 15, 2022 at 5:45 pm









