२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

ए श्रेणीका खेलाडी मोहम्मद हफीजलार्इ बी श्रेणीमा राखेपछि पाकिस्तानमा तनाव

२३ साउन, काठमाडाैँ । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको नयाँ नियमपछि सिनियर खेलाडीहरु असन्तुष्ट बनेका छन । पीसीबीले पाकिस्तानी क्रिकेट खेलाडीहरुलाई पाँच श्रेणीमा विभाजन गरेपछि केही सिनियर खेलाडीहरु रूष्ट बनेका हुन । पछिल्लो समयमा मोहम्मद हफीजले यसमा विरोध जनाएका छन । उनी ए श्रेणीका खेलाडी हुन् । तर पीसीबीले उनलाई श्रेणी विभाजन गर्दा बी श्रेणीमा राखेको छ ।

आफूलाई अपमान गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने योजना बनाएको पाकिस्तानी सञ्चारमाध्यमले संकेत गरेका छन् । हफिज पीसीबीको पहिला ए श्रेणीमा थिए तर सोमबार मात्रै जारी भएको नयाँ श्रेणीमा उनी बी मा घटुवा भएका छन् । सन्यासको योजना बनाइरहेका हाफिजले अहिलेसम्म सम्झौतामा पनि हस्ताक्षर नगरेको बताइएको छ । पीसीबीले क्रिकेट खेलाडीसँग ३ वर्षका लागि सम्झौता गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १६:१४