कांग्रेसले संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने
३ फागुन, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकले एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हाे । यस्तै बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग पारित गर्न आव्हान गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित मिति : February 15, 2022 at 1:36 pm









