३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कृत्रिम गठबन्धनले संविधान कार्यान्वयनमा व्यवधान गर्दैछः अध्यक्ष ओली

२ फागुन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृत्रिम गठबन्धनले संविधान कार्यान्वयनमा व्यवधान सुरु गरेको बताएका छन् ।

साेमबार नेकपा एमाले संसदीय दलको बैठकमा बाेल्दै अध्यक्ष ओलीले भने, ‘अस्थिरतावादी शक्तिहरु, लोकतान्त्रिक प्रणाली, लोकतन्त्र कार्यान्वयन र सुदृढिकरणलाई व्यवधान गर्दैछन्, संविधान कार्यान्वयमा व्यवधान पुर्याउँदैछन् ।’

संसद भवन नयाँबानेश्वरमा जारी बैठकमा उनले नेपाली राजनीतिमा गठबन्धनका नाममा अस्वभाविक, कृत्रिम, अप्राकृतिक ध्रुवीकरण भएको समेत बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध गठबन्धनका  सांसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न बैठक बसेकाे हाे । यसबाहेक एमसीसीबारे पनि बैठकमा छलफल हुले नेताहरूले बताएका छन् ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट निलम्बित भएका छन् ।

प्रकाशित मिति : February 14, 2022 at 12:39 pm