३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी (तस्विरसहित)

२ फागुन, काठमाडौँ । एमाले संसदीय दलको बैठक केही बेरमा संसद भवन नयाँ बानेश्वरमा सुरु भएकाे छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न बैठक बसेकाे हाे ।

यसबाहेक एमसीसीबारे पनि बैठकमा प्रश्न उठ्ने नेताहरूले बताएका छन् । एमाले अध्यक्ष केपी ओली, सुवास नेम्वाङलगायत नेताहरूले महाअभियोगबारे आइतबार नै सरकारको आलोचना गरेका थिए । अध्यक्ष ओलीले सरकारले निर्वाचन नगर्ने बहानाको रुपमा महाअभियोग ल्याएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : February 14, 2022 at 12:18 pm