२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

ओलीले राष्ट्रिय सहमति कायम गराएको चुच्चे नक्सा देउवाद्धारा अस्वीकार ! निशान छापबाट हटाए


१ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकारले राष्ट्रिय सहमति गरी संसदबाट समेत अनुमोदन गराएको चुच्चे नक्सा नेपाली कांग्रेसका सभापति एवं वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन । उनले प्रधानमन्त्रीका रूपमा आफ्ना सय दिन भनेर निकालेको पुस्तकमा चुच्चे नक्सा हटाएर निशान छाप प्रकाशित गरेका छन ।

उक्त पुस्तकको कभर अहिले सामाजिक सञ्जजालमा भाइरल भएको छ । देउवा सरकारले नियोजित रूपमै सरकारको सय दिन तस्बिरमा भन्ने पुस्तक प्रकाशित गरेर निशान छाप नै गायब पारेको भेटिएको छ । यसअघि संसदमा नक्सा अनुमोदनका क्रममा देउवाले पनि पक्षमा मतदान गरेका थिए । अहिले सामाजिक सञ्जाल मार्फत नागरिकहरूले देउवासँग प्रश्न गरिरहेका छन ।

तर पछिल्लो समय भारतीय हेपाहा प्रवृति चुपचाप स्वीकार गरिरहेका देउवाले निशान छापमै नक्सा गायब बनाएपछि गम्भीर शंकाहरू उत्पन्न भएको छ । भारतका लागि कम्फर्टेबल भनेर आलोचित भैरहेको सरकारले भारतले अतिक्रमण गरेको भूमि समेटिएको नक्सा अनुसार भूमि फिर्ताको काम गर्नुपर्नेमा उल्टै सरकारी प्रयोगमा निशान छापबाटै नेपाली नयाँ नक्सा गायब पारिदिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार २०:३१