३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमालेको संगठन विभाग प्रमुख अधिकारीलाई पदमुक्त गर्न पोलिटब्यूरो सदस्य बस्नेतको माग

१ फागुन, काठमाडाैँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीलाई कारबाही गर्न पोलिटब्यूरो सदस्य महेश बस्नेतले माग गरेका छन । सामाजिक सञ्जाल मार्फत उनले ६ वटा कारण सार्वजनिक गर्दै अधिकारी संगठन विभाग चलाउन असक्षम रहेको घोषणा गरेका छन ।

बस्नेतले अधिकारीका सम्बन्धमा उल्लेख गरेका बुँदाहरू यस प्रकार रहेका छन

क.खगराज अधिकारी
१) पार्टीको जन बर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रुपमा आफ्नै बिधान र स्वायत्त ढङ्गले अगाडी बढ्ने गर्दछन् ।

२) पार्टीको सचिवालयको बैंठकले जन संगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि सो संग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ?

३) युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?

४) संगठनको इन्चार्ज, अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?

५) एमाले बिरुद्ध चौतर्फी आक्रमण भैरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघ माथी अराजकता हाबी हुने र बिरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?

६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन बिभाग चलाउन सक्ने ब्यक्ति होइन् ।

७) तसर्थ क.खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।

प्रकाशित मिति : February 13, 2022 at 7:14 pm