३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रधानन्यायाधीशमाथिकाे महाभियोग स्थानिय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हाेः विष्णु रिमाल

१ फागुन, काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेर सत्तापक्षले महाभियोग सिलसिलाको विजारोपण गर्दै सर्वोच्च अदालतलाई हुँडल्ने काम गरेको बताएका छन् ।

उनले आइतबार दिउँसो ट्वीट गर्दै भनेका छन्, ‘अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ’,‘सत्ता पक्षले महाभियोगको सिलशिलाको विजारोपण गरेर अत्यन्त हानिकार, अनुचित, र अनुत्तरदायी काम गरेको छ’ ।

‘यो कार्य वैशाख ३० मा निर्धारित स्थानिय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्छ ।’ आईतबार सत्ता पक्षका ९८ सांसदले प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित मिति : February 13, 2022 at 3:37 pm